
प्रधानमन्त्री पत्नी आरजु राणा दिल्लीमा, देउवाको भ्रमण अघि दिल्ली किन पुगिन् राणा?
काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहेका बेला पत्नी आरजु राणा आइतबार नयाँ दिल्ली पुगेकी छन्।
राणा आइतबार बिहान ११ः४० को नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली गएकी हुन्।
प्रधानमन्त्री देउवा पुस २५ गतेदेखि भारत भ्रमणमा जाने कार्यक्रम छ।
प्रधानमन्त्री पत्नी आरजु देउवाको भ्रमणकै तयारीको क्रममा दिल्ली पुगेको चर्चा भएपनि बालुवाटार स्रोतले भने उनी भाइको स्वास्थ्य उपचारका लागि गएको दाबी गरेको छ।



कागजपत्र |
