बिहान सभामुख गएनन्, आजै ५ बजे बस्ने भयो संवैधानिक परिषद बैठक
काठमाडौं– सभामुख अग्नी सापकोटा अनुपस्थित संवैधानिक परिषदको बैठक आजै ५ बजे बस्नेगरी स्थागित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबैजना उपस्थित भएको बैठकमा सभामुख सापकोटा नगएपछि कोरम पुगेन।
५ बजेको बैठकमा भने सभामुख उपस्थित हुनसक्ने बताइएको छ। नेकपाभित्रको आन्तरिक विवादका कारण परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएको बताइन्छ। सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट हुन्।