बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज ५ जना मन्त्री थप्दै


हेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री पाण्डेले आज नेपाली काङ्ग्रेसको ५ जनालाई सरकारमा लैजाने तयारी गरेका हुन्।

पाण्डेले शुक्रबार ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्न लागेको बुझिएको छ। यसअघि तेस्रो पटक भएको मन्त्रिपरिषद विस्तार काङ्ग्रेस पार्टीको महाधिवेशनको कारण सहभागी भएको थिएन। त्यसैले पाण्डेले आज काङ्ग्रेसलाई मात्रै समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्।

आज उनले काङ्ग्रेसको भागमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ। यी मन्त्रालयहरूमा को–को मन्त्री बन्दैछन् भन्नेबारे टुंगो लाग्न बाकी नै रहेको छ।

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएका छन्।

 

प्रतिक्रिया