आज सुनचाँदीको भाउ ७०० रुपैँयाले उकालो लाग्यो


काठमाडौं – साताको पाँचौँ दिन आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रुपैयाँले उकालो लागेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले उकालो लागेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया