एमालेको अवरोधबीच प्रतिनिधिसभामा ४ अध्यादेश स्वीकृत


काठमाडौं – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच चार अध्यादेश स्वीकृत भएको छ । गृहमन्त्रीकोतर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश, २०७८’, ‘समाजिक सुरक्षा(पहिलो संशोधन)अध्यादेश, २०७८ र ‘रेवले अध्यादेश,२०७८’ स्वीकृत भएको हो ।

बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्विकार भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए ।

प्रतिक्रिया