विदेशीने यात्रुलाई मध्यनजर गर्दै यी स्थानबाट जोन्सन खोप लगाउन सकिने


काठमाडौं – विदेश जाने यात्रुहरुलाई मध्यनजर गर्दै सरकारले विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ । काठमाडौंका विभिन्न अस्पतालबाट खोप दिन लागेको हो ।

सरकारले सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, निजामती अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुति गृह थापाथली, टेकु अस्पतालबाट खोप लगाउन पाइने व्यवस्था गरेको हो ।

जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउन खोज्ने गरेका छन् । जोन्सन खोप मात्र नभएर काठमाडौंका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन सकिने खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया