प्रतिष्ठानमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया


काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा पहिलोपटक मेरुदण्ड (posterior pedicle screw fraction and fusion) को सफल शल्यक्रिया गरिएको छ।

घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीय महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

रुखवाट लडेर घाइते भएकी उनको १० दिन अगाडी प्रतिष्ठानको इमरजेन्सी विभागमा ढाड दुख्ने समस्या लिएर आएकोमा x-ray परीक्षणबाट मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाएपछि शल्यक्रिया गरिएको हो।

शल्यक्रिया पश्चात २ दिनपछि (wheel Chair Ambulation) गरी १ दिनपछि ढाडमा पेटी लगाई बिरामी हिँडेको र शल्यक्रियाको ७ दिनमा बिरामीको अवस्था सामान्य भई हाल बिरामी वेल्ट लगाएर हिँड्डुल गर्न सक्ने भएपछि डिस्चार्ज गरिएको छ।

प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थी नेतृत्वको चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको टोलीले सफलतापूर्वक अप्रेसन गरेको हो।

प्रतिक्रिया