नेप्सेमा आज हरियाली, कारोबार रकम २ अर्ब ३८ करोड


काठमाडौं – शेयर बजार परिसूचक नेप्से आज मंगलबार धेरै दिनपछि हरियाली छाएको छ।

आज ५६ दशमलव ७३ अंकले बढेर २४ सय १५ दशमलव ५५ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ३४ अंकले बढेर ४६२ दशमलव ५२ विन्दुमा थामिएको हो ।

साताको कारोबारको तेस्रो दिन आज २२६ कम्पनीको ३४ हजार २१७ पटक कारोबार भएर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया