
प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक
काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको प्रत्यक्ष रिपोर्टिङमा संसद् सचिवालयले रोक लगाएको छ । संसद् भवनभित्रको पत्रकार कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न सचिवालयले रोक लगाएको हो ।
संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्ष प्रवेशमा पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेशु भन्दै रोक लगाएको हो । यसअघि पत्रकारहरूलाई सहज रुपमा प्रवेश हुँदै आएको थियो ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकारहरूलाई जान नदिनेबारे आफूलाई मंगलबार बिहानै जानकारी मिलेको प्रतिक्रिया दिए । किन त्यस्तो गरिएको भन्नेबारे उनले प्रतिक्रिया दिन चाहेनन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गरिराखेको छ । एमालेको अवरोध र नाबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अगाडि बढाएका छन् ।



कागजपत्र |
