बागमती प्रदेशका दुई नवनियुक्त मन्त्री सम्मानित


काठमाडौं – बागमती प्रदेशका दुई नवनियुक्त मन्त्रीलाई सम्मान गरिएको छ । पनौती नगर समितिले आफ्‍ना जिल्लाका दुई मन्त्रीलाई सम्मान गरेको हो ।

समितिले एक बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईँलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

सम्मान कार्यक्रममा नवनियुक्त मन्त्रीद्वयले आफूहरू जनताको मतले जित हासिल गरेको जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन् । यस्तै नगर इन्चार्ज होम बहादुर खुलाल बागमती प्रदेशको प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया