कांग्रेस सहमहामन्त्री मतगणनाः थारुतर्फ उमाकान्त चौधरी र मधेसीतर्फ महेन्द्र यादवको अग्रता


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी छ ।

हालसम्म थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । १ हजार मत गणना हुदाँ चौधरीेले ५४२ मत प्राप्त गरेका छन् । उनी कृष्ण सिटौला पक्षका हुन् । उनका प्रतिद्धन्द्धी तेजुलाल चौधरीले ४४२ मत प्राप्त गरेका छन् । उनी डा।शेखर कोइरालातर्फका उम्मेदवार हुन् ।

यस्तै काँग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् ।

९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् भने शेखर कोइराला समूहका रामकृष्ण यादवले ३९१ मत पाएका छन् । महेन्द्रले रामकृष्णलाई १३९ मतले पछि पारेका छन् । अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् । कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया