
काठमाडौं परिसरमा एसएसपी गिरीको ‘इन्ट्री’!
काठमाडौं – शुक्रबार अर्थात आजदेखि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुखको कमाण्ड प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले गर्ने भएका छन्।
यसअघि कात्तिकमा एसएसपी गिरीको परिसरमा काज सरुवा भएको थियो। सरुवा भएको एक महिनापछि गिरी परिसरमा ‘इन्ट्री’ भएका हुन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले एसएसपी गिरी आजैदेखि परिसरमा हाजिर भएको बताए।
यसअघिका प्रमुख रहेका एसएसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।



कागजपत्र |
