सन् २०२२ मा ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने इयूको चेतावनी
ब्रसेल्स – युरोपेली सङ्घ(ईयू्)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।
चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ ।
‘यूरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।
युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलुकले नियन्त्रणका लागि प्रयास थाल्न ढिला गर्न नहुने बताएका छन् ।
यसै विषयमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले भने, ‘ओमिक्रोनका हकमा दुई वा तीन दिन नयाँ सङ्क्रमण दोबर बनेको देखिएको छ । यो निकै धेरै हो ।’