प्रधानमन्त्रीसमक्ष रक्षामन्त्री रिजालले बुझाए राजीनामा
काठमाडौं – रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
रिजालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
यसअघि नेपाली काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका थिए ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।