काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै
काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना पनि विहीबार नै गरिने भएको छ ।
महामन्त्री पदको मतगणना सकिए लगत्तै सहमहामन्त्री पदको मतगणना गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेल बताए । सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो ।
समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।