
आजदेखि विद्युत प्राधिकरणको बिलिङ काउन्टर पुस ५ गतेसम्मका लागि बन्द
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको सबै आय सङ्कलन काउन्टरहरू आज (बिहीबार) देखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् ।
प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको जनाएको छ ।
विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मङ्सिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत् महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत् प्राधिकरणको एम(पावर बिलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय सङ्कलन काउन्टरहरु बन्द गर्नु परेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।




कागजपत्र |
