झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु


काठमाडौं – झापामा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

बुधबार बेलुकी ७ बजेको समयमा झापाको कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा मोटरसाइकल चालक इलामको रोड गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका मोटरसाइकल पछाडि सवार अन्दाजी ४० वर्षीय चन्द्र बहादुर राई रहेका छन्।

बस र बस चालक इलाम चुलाचुली गाउँपालिका९२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रतिक्रिया