जनप्रदर्शनमा फोटो खिच्ने क्रममा पक्राउ परेका पत्रकारको हिरासतमै मृत्यु


नेपिडो – सैनिक हिरासतमा एकजना फोटो पत्रकारको मृत्यु भएको छ । म्यानमारका एक स्वतन्त्र फोटो पत्रकार सोय नाइङको सैनिक हिरासतमा मृत्यु भएको एजेन्सीले जनाएको छ । जनपर्दशन हुँदा फोटो खिच्ने क्रममा पत्रकार सोय पक्राउ परेका थिए ।

उनीसँगै पक्राउ परेका अन्य पत्रकारहरु भने रिहा भइसकेका छन् । गत फेब्रुअरीमा म्यानमारको सेनाले कु गरेपछि १ सय भन्दा धेरै पत्रकारहरुलाई पक्राउ गरिसकेको छ । म्यानमारको संकटबारे बारम्बार समाचार प्रकाशन गर्नेमा सोयको पनि मुख्य भुमिका देखिएको थियो । एजेन्सी

प्रतिक्रिया