निश्चित मापदण्ड पुरा गरेका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने


काठमाडौं – कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन् ।

त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएकाहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन् ।

अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार अन्तर्राष्ट्रिय सिमाहरु खुकुलो पार्दै जनजीवन सहज बनाउँदै लगएिको छ । त्यहाँ गएर क्यारेन्टिन बस्नुपर्ने प्रावधान भने यथावत राखिएको छ । सरकाको पछिल्लो निर्णयले नेपालीसमेत लाभान्भिन हुने भएका छन् ।

प्रतिक्रिया