एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता


काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै सह-महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्म सभापतिमा एक र सह-महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसकेकाछन् भने अझै केहीको नाम फिर्ता हुनसक्ने बताइएको छ ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया