अमेरिकाको केन्टकीमा इतिहासमै भयानक तुफान, कम्तीमा १०० मारिने आशंका


वासिङ्टन– अमेरिकाको केन्टकी राज्यम भयानक तुफान आएको छ । तुफानका कारण कम्तिमा ५० जना मारिएको आशंका गरिएको छ । राज्यका गभर्नर एण्डी बेसियरले केन्टकीको इतिहासमै सबैभन्दा भयानक तुफान आएको बताएका छन् ।

उनले तुफानका कारण मृत्यु हुनेको संख्या १०० सम्म पुग्नसक्ने बताएको छ । तफानका कारण अमेजनको वयेरहाउसमा क्षति भएको र त्यहाँ १०० जना श्रमिक फसेको बताइएको छ । गभर्नर बेसियरले ती मध्ये १२ जनाको मृत्यु हुन सक्ने बताएका छन् ।

प्रशासनिक अधिकारीहरुले तुफानका कारण भएको क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताएका छन् । पछिल्ला दिनहरुमा भयानक तुफानका घटनाहरु भइरहेको जनाइएको छ । बीबीसी

प्रतिक्रिया