प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री विश्वप्रकाश शर्माले दिए उम्मेदवारी


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्यानलबाट पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् ।

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने तय भएको नेता सिंहका एक सहयोगीले बताए ।

प्रतिक्रिया