मिस वर्ल्डको अन्तिम ३० मा नम्रता


काठमाडौं – नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । उनी हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगिलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल भएकी हुन् ।

अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । प्रतियोगितामा नेपालले ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा बिगतका झै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राज्य पुर्तो रिकोमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम स्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ । मिस नेपाल वल्र्डको उपाधि जितेपछि उनले मिस वल्र्डमा सहभागी अवसर पाएकी हुन् ।

प्रतिक्रिया