पुबुदु दोस्राेपटक राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसनायके लाई नियुक्त गरेको छ । क्यानको प्रशिक्षक छनोट समितिले दसनायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रशिक्षक छनोट समितिले पुबुदुलाई नियुक्त गर्ने निर्णय गरेपनि बोर्ड बैठकले निर्णय अनुमोदन गर्न भने बाँकी नै छ । यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।

दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा रहेका थिए ।

प्रतिक्रिया