

हेलिकप्टर दुर्घटना देखि भारतीय रक्षा प्रमुख रावतको निधनसम्म विस्तृत…

नयाँदिल्ली – भारतका रक्षा प्रमुख अर्थात् प्रथम चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत बुधबार दिउँसो तमिलनाडुमा हेलिकप्टर दुर्घटनामा परे । दुर्घटनामा उनीसँगै उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको मृत्यु भयो । तर बुधबार साँझसम्म दुर्घटनाको यकिन विवरण आउन सकेन ।
यसैबीच समाचार एजेन्सी पीटीआईले जनरल रावत कति बजे सुलुर एयरबेसबाट प्रस्थान गरेका थिए र कति बजे वेलिंग्टन डिफेन्स सर्भिस स्टाफ कलेज पुगे तथा उनको निधन कति बजे भयो भन्ने विवरण सार्वजनिक गरेको छ ।
जुन यस प्रकार छ :
बुधबार बिहान ११ः४५ बजे – जनरल रावत आफ्नी पत्नी मधुलिका रावत र कर्मचारीहरूसहित दिल्लीको पालम एयर बेसबाट भारतीय वायुसेनाको हेलिकप्टर चढी कोइम्बटोर, तमिलनाडु नजिकैको सुलुर एयर बेस प्रस्थान गरेका थिए ।
बुधबार बिहान ११ः३५ बजे – जनरल रावत आफ्नी श्रीमती र कर्मचारीसहित सुलुर एयर बेस पुगेका थिए ।
बुधबार बिहान ११ः४५ बजे – भारतीय वायुसेनाको आधुनिक हेलिकप्टर एमआई १७ भी ५ जनरल रावत, उनकी पत्नी मधुलिका रावतलगायत १४ जना लिएर वेलिंग्टनको डिफेन्स सर्भिस स्टाफ कलेजका लागि उडेको थियो ।
बुधबार दिउँसो १२ः२० बजे – हेलिकप्टर तमिलनाडुको कुन्नुरनजिक जंगलमा दुर्घटना भयो ।
बुधबार दिउँसो १ः५३ बजे – भारतीय वायुसेनाले रावत लिएर उडेको हेलिकप्टर र कुन्नुर नजिकै खसेको पुष्टि गर्यो ।
बुधबार साँझ ६ः०३ बजे – भारतीय वायुसेनाले जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित कुल १३ जनाको मृत्यु भएको र एक जना मात्र समूह क्याप्टेन वरुण सिंह जीवित रहेको पुष्टि गर्यो । एजेन्सी

