पार्टी सभापतिबाट पछि हट्दिनँः प्रकाशमान सिंह


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू पार्टी सभापतिबाट पछि हट्न नसक्ने बताएका छन्। यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ।

सिंहदरबार अगाडिस्थित यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोल्दै नेता सिंहले आउँदो चुनौती सामना गर्ने गरी आफू सभापतिमा उठ्न लागेको पनि बताए।

‘आउँदो चुनौती सामना गर्ने गरी विधिसम्मत र नियमसंगत म अघि बढेको छु। सभापतिबाट पछि हट्दिनँ,,’ उनले भने, ‘सभापतिमा प्रचारका लागि सम्पर्क कार्यालय खोलेको छु। चाक्सीबारी सबैलाई पायक परेन। महाधिवेशनका क्रममा आउँदा सबैलाई सजिलो होस् भनेर खोलेको हुँ।’

नेविसंघदेखिको अनुभव प्राप्त गरेको बताउँदै नेता सिंहले भने, ‘सहमतिको प्रयास पनि भइरहेको छ। कुरा मिलेमा ठीकै छ। नत्र महाधिवेशनमा हेल्दी कम्पिडिसन हुन्छ।’

कांग्रेसको संस्थापन इतर समूहमा साझा उम्मेदवारका लागि अहिले पनि छलफल भइरहेको सिंहको दावी छ। ‘हामीबीच छलफल त भइरहेको छ सहमति भइसकेको छैनु,’ उनले भने, ‘कुरा मिल्न सजिलो छैन। लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यास त हुन्छ। साझा उम्मेदवार बनाउने प्रयास जारी छ।’

१३ औं महाधिवेशनमा शेरबहादुर देउवा सभापति भएपछि पार्टीको यो हालत भएको बताउँदै उनले भने, ‘तेह्रौँ महाधिवेशनको नेतृत्वका कारण पार्टीको हालत के भएको छ। निर्वाचन परिणाम के भएको छ भन्ने थाहा छ। त्यसैले नेतृत्व परिवर्तन हुनुपर्छ।’

प्रतिक्रिया