रात्रीकालिन समयमा सुरक्षा निगरानी बढाउन उत्तर कोरियाले गर्यो सोलार जडान


प्योङयाङ – चीनसँग जोडिएका सीमा क्षेत्रमा रात्रीकालिन समयमा सुरक्षा निगरानी बढाउन उत्तर कोरियाले सीमा क्षेत्रमा सोलार प्यानल जडान गर्न थालेको छ ।

उत्तर कोरियाले गत महिनादेखि सोलार प्यानल जडान गरेको हो। सेनाले सोलार प्यानल जडान गर्नमा त्यहाँको सरकार र स्थानीयलाई सघाइरहेको रेडियो फ्रि एसियामा खबर छ ।

गत महिनादेखि थालिएको सोलार प्यानल जडान परियोजना सन् २०२२ फेब्रुअरीभित्र सम्पन्न गर्ने बताइएको छ। उत्तर कोरियाले देशभित्र बनेका सोलार प्यानल जडान गरेको बताइएको छ ।

सोलार प्यानलबाट उत्पादित बिजुली अन्य प्रसारण लाइनमा पठाएर विद्युत आपूर्ति गरिने र निगरानीका लागि प्रयोग गरिने बताइएको छ।

 

प्रतिक्रिया