दक्षिण अफ्रिकामा कोरोनाकाे नयाँ ‘ओमिक्रोन’ संक्रमणदर चार गुणाले बढ्यो


काठमाडौं – दक्षिण अफ्रिकामा मंगलबार यता चार गुणाले कोरोना संक्रमितको संख्या बढेको छ। मंगलबार ४ हजार ३ सय ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रबार संक्रमित हुनेको संख्या बढेर १६ हजार ५५ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्मका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा तीब्र गतिमा फैलिएको भाइरस भनेको छ। दक्षिण अफ्रिकी मुलुकहरुले संक्रमण फैलन नदिन आवश्यक तयारी गरेपनि संक्रमण दर चार गुणाले बढेको छ।

योसँगै कोरोना महामारी सुरु भए यता दक्षिण अफ्रिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३० लाख पुगेको छ। यो त्यहाँको स्वास्थ्य मन्त्रालयले सीएनएनलाई दिएको तथ्याङक हो।

ओमिक्रोनको संक्रमण भेटिएसँगै लक्षिण अफ्रिकाकाले चौथो लहरको सामना गरिरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन सबैभन्दा पहिला नोभेम्बर पहिलो साता दक्षिण अफ्रिकामा देखिएको थियो। अहिले विश्वका अधिकाशं मुलुकहरुमा नयाँ भेरियन्ट फैलिसकेको छ।

प्रतिक्रिया