नेपालमा ‘जवाद’ को प्रभावः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित


काठमाडौं – पर्याप्त भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । मौसममा आएको बदलीसँगै भिजिबिलिटी बढीमा ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि १६ सय मिटर चाहिने प्राविधिकहरू बताउँछन् । भिजिबिलिटी नभएपछि बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन नसकेको उनले बताए ।

बिहान ९:३० सम्म सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको हो । बंगालको खाडीमा आएको चक्रवात ‘जवाद’ को असर नेपालमा पनि परेपछि मौसमी प्रणालीमा असर गरेको छ ।

प्रतिक्रिया