कोरोना भ्याक्सिन ल्याउन विभिन्न मन्त्रीसँग उपप्रधानमन्त्री पोखरेलको छलफल
काठमाडौं– कोरोना भ्याक्सिन ल्याउने विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मन्त्रालयका मन्त्रीसँग शुक्रबार परामर्श गरेका छन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक पोखरेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उनले सामूहिक छलफल गरेका हुन् ।
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा छलफल भएको बताइएको छ। समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको पोखरेलले बताए। अहिलेसम्म भएका कार्यप्रगतिका विषयमा पनि सम्बन्धित मन्त्रालयसँग परामर्श भएको थियो।
बैठकले कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका समस्या समाधानका निम्ति पनि पहल लिने भएको छ।