लिङ्देनको प्यानलबाट राप्रपा महामन्त्रीमा अभिनेतृ थापाले उम्मेदवारी दिने


काठमाडौं – अभिनेतृ रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्।

बुधबार काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा थापाले महामन्त्रीमा लड्ने तयारी गरिरहेको बताइएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले यसबारे औपचारिक रुपमा भने बोलेकी छैनन्। तर, उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन्।

राप्रपाका एकमात्र निर्वाचित सांसद लिङ्देनले भने गत बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। कार्यक्रममा रेखा पनि उपस्थित थिइन्। रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन्।

प्रतिक्रिया