वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेटः प्रदेश.२ माथि शानदार जित निकाल्दै लुम्बिनी फाइनलमा


काठमाडौं – वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा प्रदेश नं. २ लाई ९ विकेटले हराउदै लुम्बिनीले शानदार जित निकालेको हो ।

प्रदेश २ ले दिएको १ सय ६९ रनको लक्ष्य लुम्बिनीले २६ दशमलब ५ ओभरमा मात्र एक विकेटको नोक्सानिमा पुरा गर्यो ।लुम्बिनीका लागि आकाश त्रिपाठीले अविजित ६२ रन तथा कप्तान देव खनालले ५६ रन बनाएका थिए ।

प्रदेश २ का लागि सन्तोष कार्कीले एक विकेट लिएका थिए । यस अघि ब्याटिङको निम्तो पाएको प्रदेश २ ले ३९ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र १ सय ६८ रन जोडेको थियो ।

प्रदेश २ का लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन जोडे भने गुल्सन झाले ३२ रन जोडेका थिए । लुम्बिनीका लागि वासिर अहमदले सर्वाधिक ५ विकेट लिए । यस्तै, विशाल विक्रम केसीले ३ तथा राहुल चौधरीले २ विकेट लिएका थिए ।

यस जितसँगै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लुम्बिनीले ६ मध्य १ खेलमा मात्र हार व्यहोरेको छ ।प्रदेश २ले पाँच मध्य ३ खेलमा हार व्यहोर्यो भने दुई खेल जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया