ग्रीसमा कोरोना खोप अनिवार्य, नलगाए जरिवानाको घोषणा


काठमाडौं – ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी मध्य जनवरीदेखि जरिवाना लगाइने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले घोषणा गरेका छन् ।

यसरी जरिवाना वापत उठाइएको रकम ग्रीकको स्वास्थ्य प्रणाली सुधारका लागि प्रयोग गरिने पनि उनको भनाई छ। ग्रीसमा पछिल्लो समय कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने दर बढेको छ ।

त्यहाँका १ करोड १० लाख जनसंख्या मध्ये झण्डै ६३ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । त्यस्तै, ६० वर्ष माथिका ५ लाख २० हजारले कोरोना विरुद्धको खोप लगाएका छैनन् ।

६० वर्ष माथिका नागरिकलाई आगामी जनवरी १६ देखि अभियानकै रुपमा खोप लगाइने भएको छ । व्यक्तिको सुरक्षाका लागि खोप लगाइने भएकाले आनाकानी गरेमा जरिवाना लगाइने गरी संसदबाट विधेयक नै पारित गरी लागू गरिने तयारी छ ।

प्रतिक्रिया