एक बर्षदेखि रोकिएको करिडोर निर्माण सुचारु, सांसद बस्नेतले सीडिओ भट्टराईको गरे प्रशंशा


काठमाडौं– एक बर्षदेखि रोकिएको अरनिको राजमार्ग अन्तर्गतको जडिबुटी पुलदेखि पुरानो बाटो हुँदै मनोहरा पुलसम्मको २० मिटर करिडोर निर्माणको कार्य सुरु भएको छ।

भक्तपुरमा प्रमुख जिल्ला अधिकारी (सीडिओ)को जिम्मेवारीमा आएका प्रेमप्रसाद भट्टराईले चासोका साथ उक्त करिडोर निर्माणको कार्य सुचारु गर्न प्रशासनिक अग्रसरता लिएका थिए।

जनप्रतिनिधि, आयोजना सञ्चालक, निर्माण व्यावसायी र स्थानीयबासीको सहयोगमा सुचारु काम सुचारु भएको र यसको पहल लिएको भन्दै सिडिओ भट्टराईको प्रतिनिधि सभा सांसद महेश बस्नेतले प्रशंशा गरेका छन्।

बस्नेतले १५ दिनभित्र भक्तपुरतर्फको कोरिडोर संचालनमा ल्याईने जानकारी दिँदै कोटेश्वरको ट्राफिक जाम न्युनीकरण गर्नका लागि यो मार्गले ठूलो राहत दिने जनाएका छन्।

यसअघि भक्तपुरमा सिडिओका रुपमा रहेकी हुमकला पाण्डेले पहल नगर्दा एक बर्षदेखि उक्त काम रोकिएको थियो भने कोटेश्वरको सडक जाम ज्युँका त्युँ थियो।

भट्टराईको आगमनसँगै मेलम्ची खानेपानी, नगरकोट सडक, हनुमन्ते कोरिडोर, पेप्सिकोला सल्लघारी सडक, मानव अंङ्ग प्रत्यारोपण केन्द्र, स्मार्ट सिटी, रंगशाला लगायतका निर्माण कामले गति लिएको बस्नेतले बताएका छन्।

तत्कालिन सिडिओ पाण्डेको अनुभवहिनता,संयोजन र बिकासप्रतिको धारणाको बुझाइले विकासका कामले तिव्रता नपाएको स्थानीयवासीको गुनासो थियो।

यो पनि पढ्नुहोस्

जनप्रतिनिधि माझ एउटा सशक्त आयाम सांसद बस्नेत, आफ्नो क्षेत्रमा विकासका पर्यावाची

प्रतिक्रिया