


लिङ्देनको पक्षमा उभिए लोहनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले आउँदो महाधिवेशनमा अध्यक्षका लागि राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै लोहनीले अब नयाँ पुस्ताले राप्रपालाई अघि बढाउनुपर्ने बताउँदै आफ्नो समर्थन लिङ्देनलाई रहेको बताए।
उनले एकता हुनु अघि अध्यक्षको रुपमा आफूलाई दिन अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई आग्रह गरेको स्मरण गरे। तर, थापाले फेरि पनि आफैं अध्यक्ष हुने बताएपछि लोहनीले लिङ्देनलाई सर्मथन गरेका हुन्।
मंसिर १५,१६ र १७ गते काठमाडौ हुने राप्रपाको महाधिवेशनमा हालसम्म लिङ्देन र थापा अध्यक्षको प्रत्यासी देखिएका छन्।

