कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरबदल


काठमाडौं – उद्घाटन हुने मिति यथावत् राख्दै कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले मनोनयन तालिका परिमार्जन गरेको हो ।

परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मंसिर २५ गतेका लागि सारिएको छ ।

महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया