नेपालमा पनि बढ्यो ओमिक्रोन त्रास, सबै नाकामा अनिवार्य एन्टिजेन परीक्षण गर्न सरकारको निर्देशन


काठमाडौं – सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि नेपाल भित्रिने सबै नाकामा एन्टिजेन परीक्षण गर्ने भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सबै नाकामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गरिने र यदि कसैमा कोरोना पोजेटिभ रिपोर्ट आए उक्त भाइरस ‘ओमिक्रोन’ हो वा होइन भन्ने पत्ता लगाउन जीन सिक्वेन्सिङ गरिने जनाए।

त्यसका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई समन्वय गरी नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि आग्रह गरिएको छ। दक्षिण अफ्रिकामा तीव्र रूपमा फैलिरहेको ओमिक्रोन भाइरस नेपाल भित्रिन सक्ने भन्दै सरकारले तयारी थालेको हो।

बढी संक्रामक मानिएको ओमिक्रोन कोरोना भाइरसका कारण नेपाल लगायत धेरै देशले दक्षिण अफ्रिकाबाट आउनेलाई रोक लगाइसकेका छन्।

 

प्रतिक्रिया