एमाले महाधिवेशनः उद्घाटन कार्यक्रमस्थल सरसफाई गर्दै स्वयंसेवकहरु


चितवन — नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम सकिएसँगै उद्घाटनस्थल नारायणी नदी किनारमा उपस्थित स्वयंसेवकहरुले नदी किनार सरसफाई गरिरहेका छन् ।

कार्यक्रमस्थलमा फालिएका विभिन्न फोहोरजन्य कागजात र अन्य वस्तुहरुलाई एकै ठाउँ भेला गर्ने र त्यसको सही विसर्जन गर्ने जनाउँदै सरसफाई अभियान चलाइएको जनाइएको छ । उक्त कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरु आ–आफ्नो घर फर्किसकेका छन् भने पार्टी प्रतिनिधिहरु बन्दसत्रस्थल सौराहातर्फ लागिसकेका छन् ।

आफ्ना सवारी साधन नभएका प्रतिनिधिहरुलाई नारायणगढदेखि सौराहासम्म जानका लागि बसको व्यवस्था गरिएको पनि जनाइएको छ ।

कार्यक्रमस्थल सरसफाईका लागि विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुमा कामको बाँडफाँड गरिएको पनि जनाइएको छ । ‘कसैलाई बाँसको भाटा निकाल्ने काम लगाइएको छ भने कसैलाई फलामको छड निकाल्ने जिम्मा दिइएको छ, हामीलाई भने कागजहरु बटुल्ने जिम्मेवारी दिएको छ,’ नवलपुरको गैंडाकोटबाट महाधिवेशनको स्वयंसेवकका रुपमा खटिएका एक कार्यकर्ताले भने ।

प्रतिक्रिया