नागढुंगामा सवारीको अधिक चाप


काठमाडौं – नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ ।

काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ ।

नागढुंगा प्रहरीका अनुसार जाम हुन नदिन राजमार्गमा सकेसम्म मालबहाक सवारी रोकिएको छ । यात्रुबहाक सवारीको चाप बढेकाले अत्यावश्यक बाहेकका मालवस्तु बोकेर आएका सवारीलाई राजमार्गका विभिन्न ठाउँमा रोकेर राखिएको हो ।

आज काठमाडौंबाट फर्पिङ सिस्नेरी हुँदै मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ ।

प्रतिक्रिया