‘देशी–विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारियो’


काठमाडौं – नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले देशी–विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बताएका छन्।

चितवनको भरतपुरमा जारी एमाले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताउँदै जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको बाललेले बताए।

उनले भने, ‘मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ। देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ। मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ। देशलाई पुन अशान्ति, कुसंस्कार र भ्रष्टाचारको दुष्चक्रतर्फ लगिएको छ।’

उनले राष्ट्रियता, गणतन्त्र सङ्घीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई धु्रवमा बाँडिएको बताए। एउटा पक्ष अग्रगमन समाजवादी पक्षमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजिपतिको पक्षपोषणमा लागेको थापाको भनाइ छ।

प्रतिक्रिया