भारत-म्यानमारको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प


नयाँदिल्ली – म्यानमार–भारत सीमाक्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतको नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार म्यानमारसँगको सीमा क्षेत्रमा ६.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन ।

भूकम्पको धक्का भारतको कोलकता तथा बंगलादेशको चटगाउँसम्म महसुस गरिएको थियो । त्यस्तै भारत र बंगलादेशका अन्य सहरमा पनि यसको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया