प्रधानमन्त्री देउवा र बारका पदाधिकारीबीच छलफल हुँदै


काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

आज (शुक्रबार) बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुझाएको धारणापत्र प्रधानमन्त्री देउवालाई पनि बुझाउने उनले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधरणाका विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया