भीम रावलको उम्मेदवारी चुनौती होइन, याे स्वाभाविक हाे : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा भीम रावलको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिने बताएका छन् ।

महाधिवेशनको पूर्व सन्ध्यामा हिजो (सोमबार) सम्पादकहरुसँगको छलफलमा भने– ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन । म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’

उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए ।

‘उहाँले सुझाव दिनु भएको छ,’ उनले भने, ‘उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एक खालका निकै मान्छेहरुले मन पराउने सुझाव पनि हो । मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पनि बाहिरतिर देखिन्छ ।’

प्रतिक्रिया