ए डिभिजन लिगः आर्मी र पुलिसकाे १-१ गाेल


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक-एक गोलको बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए ।

तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक-एक गाेलकाे बराबरीमा सकियो । बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक-एक अङ्क भएकाे छ ।

यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका थिए ।

प्रतिक्रिया