आज पनि तोकियो सर्वोच्चमा ३३४ मुद्दाको पेशी


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतवारका लागि आफूबाहेकका ११ वटा इजलास तोकेका छन्।

दीपककुमार कार्कीको मात्र एकल इजलास तोकिएको छ भने बाँकी न्यायाधीशहरूको संयुक्त इजलास राखिएको छ।

मीरा खड्का र प्रकाशकुमार ढुंगानाको दुईवटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलास राखिएको छ।

त्यसैगरी न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको पनि छुट्टा–छुट्टै दुईवटा संयुक्त इजलास राखिएको छ।

आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलास, अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलास, प्रकाशमान सिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त इजलास, बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलास, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास राखिएको छ।

आइतबारका लागि सबै प्रकृतिका गरी ३३४ मुद्दा पेशीमा चढेका छन् ।

प्रतिक्रिया