पूर्वमहामन्त्री सिहंलाई भेट्न चाक्सीबारी पुगे महामन्त्री कोइराला


काठमाडौं – नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री डा. शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशनमान सिंहलाई भेट्न शनिबार चाक्सीबारी पुगेका छन् ।

भेटमा दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको बताई्एको छ ।

सिंहलाई भेट्न बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल, शुक्रबार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि पुगेका थिए । तीन दिन संखुवासभा बसेर शनिबार साँझ फर्किएका महामन्त्री शशांक कोइराला भोलिपल्टै नेता सिंहलाई भेट्न उनको निवास पुगेका हुन् ।

गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले पनि काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

दुई नेताबीचको छलफलले हार्दिकता बढाउन सहयोग गर्ने उनीहरु निकट नेताहरुले बताएका छन् ।

प्रतिक्रिया