जर्मनीमा कोरोना खोप नलगाउनेलाई बढाइयो प्रतिबन्ध


काठमाडौं – जर्मनीले कोभिड-१९ विरुद्धको खोप नलगाउने मानिसका लागि प्रतिबन्ध लगाउने भएको छ । बीबीसीका अनुसार मुलुकमा कोभिड-१९ को संक्रमण हालसम्मकै उच्च बनेसँगै जर्मनीले नियन्त्रणका लागि नयाँ नियम ल्याउन लागेको हो ।

जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ राज्यका नेताबीच कोभिड–१९ को खोप नलगाएका मानिसलाई प्रतिबन्ध लगाउने सहमति भएको हो । अहिले ल्याइएको नयाँ नियमअनुसार कोभिड–१९विरुद्धको खोप नलगाएका मानिसलाई केही निश्चित स्थानमा प्रतिबन्ध लगाइनेछ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणको लागि स्वास्थ्यकर्मीहले अनिवार्यरुपमा खाप लगाउनुपर्ने भएको छ । मर्केलले जर्मनीमा पछिल्लो समय नाटकीयरुपमा कोरोना संक्रमण बढिरहेको बताएकी छिन् ।

गुणात्मकरुपमा बढिरहेको संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने मर्केलले बताएकी छिन् । बिहीबार जर्मनीमा कोरोनाका ६५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए । जर्मनीमा एकैदिन देखिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया