प्रधानाध्यापकहरू मुक्तिनाथ अधिकारी र राजेन्द्र श्रेष्ठको हत्यामा देखिएको समानता, अघोषित युद्ध सुरु!


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आधिकारीक जिम्मा लिँदै ‘प्रतिकार’मा हत्या गरेको भनेको छ।

उसले यतिमात्र होइन विज्ञप्ति जारी गरी श्रेष्ठ हत्याको कारण ‘सुराकी’ आरोप लगाएको छ। स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो।

मेची–कोशी व्युरोका इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गरी प्रतिकार र सुराकीको आरोप लगाएका हुन्। विप्लव समूहले हतियार लिएर आक्रमण गर्दा प्रतिकार गरेको भने पनि श्रेष्ठलाई घरबाट अपहरण गरी लगी ‘आततायी’ हत्या गरिएको छ।

विप्लव समूहले जारी गरेको विज्ञप्ति

यो तत्कालिन नेकपा माओवादीले लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या गरेको घटनासँग मिल्दोजुल्दो छ। हिउँदकै महिना पारेर १९ बर्षअघि अधिकारीको हत्या गरिएको थियो जसको न्याय अहिले पनि खोजीनीति भइरहेको छ।

३ माघ, ०५८ मा अधिकारीलाई दिउँसो १ बजे ९ कक्षामा विज्ञान पढाउँदै गर्दा उठाएर लगिएको थियो। श्रेष्ठ र अधिकारी हत्यामा तात्विक भिन्नता छैन। श्रेष्ठलाई घरबाट लगिएको थियो। तर हत्याको प्रकृति आततायी नै थियो।

अधिकारी लमजुङ जिल्लाको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक थिए। विद्यालयको प्रधानाध्यापक भएको धेरै समय भएको थिएन।

नयाँ जिम्मेवारी पाएपछि उनी विद्यालयको स्तर उकास्न जोडतोडले लागेका थिए। सबैसँग सद्भावपूर्ण व्यवहार र अहिंसात्मक विचार राख्ने उनी गाउँकै प्यारा थिए। द्वन्द्वरत पक्षलाई काटमार नगर्न सम्झाउँथे।

त्यस बेला अधिकारी एम्नेस्टी इन्टरनेसनल–७९ का स्थानीय संयोजक पनि थिए। उनी निमित्त प्रधानाध्यापक रहँदा माओवादीले शिक्षकको २५ प्रतिशत दशैँ पेस्की माग गरेका थिए। श्रेष्ठ पनि प्रधानाध्यापक थिए।

गाउँका महिलाहरुलाई देखेपछि उनीहरू केही हच्किए। अधिकारीलाई सरासर डाँडामा लिएर गए। अनि एउटा रुखछेउ रोकिए। अधिकारीकै गलबन्दीको पासो हालेर उनलाई अठ्याउँदै रुखमा कसे। अनि गोली ठोके। त्यतिले पनि चित्त नबुझेर छुरा रोपे।’

सरकारले विप्लव समूहलाई मूलधारमा ल्याउनुको साटो प्रतिबन्ध गरेपछि श्रेष्ठ हत्याले अघोषित युद्ध सुरु भएको झल्को दिएको छ। त्यसअघि उक्त समूहले विस्फोटक पदार्थ लुकाउने क्रममा भएका दुर्घटनाले केही समयअघि काठमाडौंलाई नै आतंकित बनाएको थियो।

मिक्लाजुङ क्षेत्र मोरङ जस्तो सुगम जिल्लाको दुर्गम स्थान हो। जहाँ विप्लव समूहले सैन्य तालिम चलाउने गरेको बताइन्छ। अहिले जिल्ला प्रहरी कार्यालय मोरङले ठूलो संख्यामा प्रहरीलाई उक्त क्षेत्रमा खटाएको छ।

प्रतिक्रिया