एमाले अध्यक्षमा ओली सर्वसम्मत चयन : कर्ण थापा


धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले दशौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्विकल्प रहेको बताएका छन् ।

प्रेस चौतारी कैलालीले बुधबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा थापाले केपी ओली अध्यक्षमा सर्वसम्मत चयन हुने बताए । ‘अध्यक्षमा केपी ओली निर्विकल्प हुनुहुन्छ । उहाँ नै सर्वसम्मत बन्नुहुनेछ,’ थापाले भने, ‘पदाधिकारीसहितका अन्य पदका विषयमा अहिले यस्तै हुन्छ भन्ने सकिने अवस्था छैन ।’

थापाले सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको जानकारी दिए । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचन प्रक्रिया तथा अन्य सबै ठाउँमा सर्वसम्मत रुपले प्रतिनिधि चयन गरिएको थापाले बताए ।

प्रतिक्रिया