पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना पुष्टी, १ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९ सय ९३ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा २०२ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर ११ हजार ४ सय ८३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

नेपालमा अहिलेको अवस्थामा ७ हजार ६ सय ३६ सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा १४९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया